कास्कीमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको पोखरा महानगरपालिका-१७, बरालफिडमा गएराति ग९प ७५०९ नम्बरको स्कुटरको ठक्करबाट स्याङ्जाको फेदीखोला गाउँपालिका-४ घर भएका ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनापछि सामान्य उपचार गरी उनलाई घर पठाइएको थियो । घर पुग्नासाथ बेहोस भएपछि उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगियो । अस्पताल पुग्नेबित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।