देउवाले यो साता मन्त्रिपरिषद् विस्तार सक्ने

सत्ता साझेदार दल जनता समाजवादी पार्टीमा देखिएको विवादका कारण प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदमा नियुक्त भएको दुई साता भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

२९ असारमा प्रधानमन्त्री पदको सपथ लिँदा प्रधानमन्त्री देउवाले आफूसहित कांग्रेसका दुई र माओवादी केन्द्रका दुई गरि चार जनालाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
त्यसपछि ३ साउनमा प्रधानमन्त्रीमा विश्वासको मत लिए । 

तर, अहिलेसम्म उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । आइतबार स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका देउवाले यो साताभित्र आफ्नो क्याबिनेटलाई पूर्णता दिने बताइएको छ ।

‘उहाँले यही साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ,’ बालुवाटार स्रोतले फरकधारसँग भन्यो, ‘त्यसका लागि सत्ता साझेदार अरु दलहरुका नेताहरुलाई पनि मन्त्रीको सूची दिन अनुरोध गरिसक्नु भएको छ ।’





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १०:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया