जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षधरको बैठक सुरु भएको छ । सोमबार विहान यो बैठक गोदावरी भिलेज रिसोर्टमा सुरु भएको हो ।
कार्यकारिणी सदस्य र सांसदहरुको यो बैठक सकिएपछि यादव पक्ष निर्वाचन आयोग जाने कार्यक्रम तय गरिएको छ ।
आजै निर्वाचन आयोगले जसपाको आधिकारिताबारे निर्णय गर्ने भएको छ । आयोगले निर्णय गर्नुअघि जसपामा यादव पक्षधर र महन्थ ठाकुर पक्षधरका कार्यकारिणी समितिका सदस्यलाई आयोगमै उपस्थित हुन भनेको छ ।
‘हेड काउन्ट’ गरेर पार्टी आधिकारितासम्बन्धी निर्णय लिने आयोगले जनाएको छ । यसका लागि नै यादव पक्षले आइतबार नै आफूनिकट कार्यकारिणी समितिका सदस्यलाई गोदावरी भिलेज रिसोर्टमा लगेर राखेका हुन् ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिएको छ । उसले आफूसँग कार्यकारिणी समितिका ३३ सदस्य रहेको दाबी गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।