चर्चित दक्षिण भारतीय अभिनेत्री जयन्तीको निधन भएको छ । उनको सोमबार बिहान बैंगलरुमा निधन भएको हो । ७६ वर्षीया जयन्तीको घरमै सुतिरहेका बेला निधन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
उनले कन्नड, तेलेगु, मलयालम, तामिल र हिन्दी भाषाका झण्डै सय फिल्ममा अभिनय गरेकी छिन् । सन् १९६३ मा कन्नड सिनेमा ‘जेनु गुडु’बाट अभिनय यात्रा सुरु गरेकी जयन्ती भारतीय सुपरस्टारहरूसँग अभिनय गर्ने थोरै अभिनेत्रीभित्र पर्छिन् ।
उनले ‘एनटी रामाराव, एमजी रामचन्द्र, राजकुमार, रजनीकान्त’लगायतका सुपरस्टारसँग स्क्रिन सेयर गरेकी छिन् । उनका ‘पेदारायुद्ध’, ‘स्वाथी किरानम’, ‘कोदाम सिंहम’ लगायतका चलचित्र हिट छन् । उनले ‘तीन बहुरानियाँ, तुमसे अच्छा कौन है, गुन्डा’ नामक हिन्दी भाषाका फिल्ममा पनि काम गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।