आफूहरुले निर्वाचन आयोगमा पार्टी विभाजनको माग नै नगरेको जसपाको महन्थ ठाकुर पक्षले बताएको छ । अहिले आधिकारिकताको विषयमा निर्णय गर्न आवश्यक नै नभएको जसपा ठाकुर पक्षका नेता सरदसिंह भण्डारीले बताएका छन् ।
सनाखतका लागि सोमबार निर्वाचन आयोग पुगेका भण्डारीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । आफूहरुको पक्षमा अहिले १६ जना मात्रै कार्यकारिणी सदस्य रहेको उनले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिँदैछ । तपाईहरु के गर्नुहुन्छ ? भन्ने प्रश्नमा भण्डारीले निर्वाचन आयोगले कस्तो फैसला गर्छ त्यही आधारमा कदम चाल्ने बताए ।
उपेन्द्र यादव पक्षका नेताहरुले ठाकुर पक्षमा लागेका नेताहरु आत्मालोचना सहित आए पार्टीमा समावेश गराउने बताएका छन् ।
भण्डारीले भने आफूहरुले आत्मालोचना गर्नुपर्ने कुनै गल्ती नगरेको दावी गरेका छन् । यसअघिको सरकारलाई पनि पार्टीको माग र मुद्दाका आधारमा सहयोग गरेका हौँ’ उनले भने, अबको सरकारसँग पनि पार्टीका माग, मुद्दाका अगाडि सार्छौँ । आत्मालोचना गर्नुपर्ने केही गल्ती गरेका छैनौँ ।’
निर्वाचन आयोगको कोर्टमा बल भएकाले उसको फैसला मानेर जाने भण्डारीले बताए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।