बेलायती पौडीवाज एडम पिटीले जापानमा जारी टोकियो ओलम्पिकमा बेलायतका लागि पहिलो स्वर्ण पदक दिलाएका छन् ।
उनले सोमबार बिहान पुरुष १०० मिटर ब्याकस्ट्रोकमा ५७.३७ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । योसँगै उनी बेलायतका लागि लगातार दुई ओलम्पिक स्वर्ण दिलाउने पहिलो पौडीवाज पनि बनेका छन् ।
उनले सन् २०१६ को रियो दि जेनेरियो ओलम्पिकमा पनि यही स्पर्धामा स्वर्ण हात पारेका थिए ।
यही स्पर्धामा नेदरल्यान्डका अर्नो कामिन्गाले रजत र इटालीका निकोलो मार्टिनइन्गीले कास्य पदक हात पारेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।