पाकिस्तानी स्टार शाहिद अफ्रिदी क्रिकेट खेल्न नेपाल आउँदै

पाकिस्तानी स्टार क्रिकेटर  शाहिद अफ्रिदी चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । उनले इपिएलको फ्रेन्चाइज टोली किंग्स ११ काठमाडौँबाट प्रतियोगिता खेल्ने भएका छन्।

काठमाडौँको स्वामित्व लिएको टेहेलो ल्डिङ्स प्रालि सोमबार एक कार्यक्रमबीच अफ्रिदीलाई आइकोनिक खेलाडीका रुपमा टोीमा भित्र्याएको जनाकारी दिएको हो।

पाकिस्तानका पूर्व कप्तान समेत रहेका ४१ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एक दिवसीय र ९९ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
उनले तिनै प्रारुपमा गरेर ११ हजार भन्दा बढी रन जोडेका छन् । इपिएलको चौथो संस्करण आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ सम्म त्रिवि क्रिकेट क्रिकेट मैदानमा हुनेछ। 

इपिएलमा काठमाडौँ सहित ललिलपुर प्याट्रियट्स, भैरहवा ग्याडियटर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र चितवन टाइगर्सको सहभागिता रहनेछ । 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १३:५४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया