जापानकी १३ वर्षीया मोमीजीले जितिन् स्वर्ण

जापानकी १३ वर्षीया निशिया मोमीजीले जापानमा जारी ओलम्पिकमा स्वर्ण जितेर इतिहास रचेकी छिन्।

उनले महिला स्ट्रिट स्केट बोर्डिङमा स्वर्ण जितेकी हुन् । 

यस प्रतिस्पर्धामा ब्राजिलकी रेस्सा लिलले रजत पदक जितेकी छन् । उनी पनि १३ वर्षकी नै रहेकी छिन् । कास्य पदक भने जापानकै १६ वर्षीया फुना नाकायामाले हात पारेकी छिन् । 

स्केटबोर्डमा १३ वर्षकै उमेरमा स्वर्ण जित्ने मोमीजी पहिलो खेलाडी हुन् । ओलम्पिकमा सबैभन्दा कम उमेरमा स्वर्ण जित्ने कीर्तिमान भने अर्कैको नाममा रहेको छ । 

ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने हालसम्मकै कान्छी खेलाडी अमेरिकाकी मार्जोरी गेस्ट्रिङ हुन् । उनले १९३६ को बर्लिन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् । उनले १३ वर्ष २६८ दिनमा स्प्रिङ बोर्ड ड्राइभिङमा स्वर्ण जितेकी हुन् ।

मोमीजीले भने १३ वर्ष ३३० दिनको उमेरमा स्वर्ण चुमेकी हुन् ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १४:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया