साग पदक विजेतालाई २० महिनापछि एथ्लेटिक्स संघबाट पुरस्कार

१३औँ सागमा पदक विजेता खेलाडीलाई एथ्लेटिक्स संघले २० महिनापछि नगद पुरस्कार प्रदान गरेको छ । 

सोमबार सम्पन्न एक कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई संघले पुरस्कार वितरण गरेको हो । 

संघले स्वर्ण पदक विजेतालाई जनही एक लाख, रजत पदक विजेतालाई ३५ हजार तथा कास्य पदक विजेतालाई २० हजारका दरले नगद पुरस्कार प्रदान गरेको हो । 

सागमा नेपालले एथ्लेटिक्सबाट तीन स्वर्ण, एक रजत र चार कास्य पदक हात पारेको थियो । 

नेपालका तर्फबाट गोपीचन्द्र पार्की, सन्तोषी श्रेष्ठ र किरणसिंह बोगटीले स्वर्ण जितेका थिए ।  

त्यस्तै, पुष्पा भण्डारीले रजत तथा सोमबहादुर कुमाल, टंक कार्की, हरिकुमार रिमाल र दीपक अधिकारीले कास्यपदक जितेका हुन् । 





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १६:३४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया