थप तीन हजार ४२१ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार ४२१ जनामा कोरोना देखिएको छ। १७ हजार २७२ स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

आइतबार दुई हजार २३७ जनामा कोरोना देखिएको थियो। हिजोको तुलनामा एक हजारभन्दा बढी संक्रमित थपिएका छन्।

१२ हजार २४० जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ३९१ जनामा र पाँच हजार ३२ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट आज २५ जनाको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या नौ हजार ७३८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ पुगेको छ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार १६:५२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया