प्रिमियर लिग क्लब एस्टन भिल्लाले आफ्ना सहायक प्रशिक्षक जोन टेरीलाई बर्खास्त गरेको जनाएको छ ।
क्लबले सोमबार इंग्ल्यान्डका पूर्वकप्तान तथा डिफेन्डर टेरीलाई बर्खास्त गरेको जानकारी गराएको हो ।
खेल जीवनबाट सन्यास लिँदै सन् २०१८ मा एस्टन भिल्लामा आबद्ध भएका टेरीले मुख्य प्रशिक्षक डिन स्मिथको सहायकका रुपमा काम गरिरहेका थिए ।
आफ्नो खेल जीवनको प्रायः समय चेल्सीमा बिताएका टेरीले एक सिजन एस्टोन भिल्लामा बिताउँदा ३२ खेल खेले ।
उनी सहायक प्रशिक्षक भएको पहिलो सिजनमा एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।