फुटबल खेल्दा भएको विवादको निहुँमा एकजनाको हत्या

मोरङको राजघाटमा छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ । फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा स्थानीय अभिषेक चौधरीको हत्या भएको हो ।

मोरङ प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले छुरा प्रहारबाट अभिषेक गम्भीर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए ।

चौधरीको ढाडलगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि  झापाको बिएण्डसी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

युवाहरूबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद भएको थियो । आइतबार विवाद र हात हालाहाल भएको थियो । सोमबार भने चौधरी दिउँसो स्थानीय भुरन चौधरीको घरमा बसिरहेका थिए ।

चौधरीलाई खोज्दै ६–७ जना युवाहरुको समूह आएको थियो । चौधरीको घरमा भेट्नेबित्तिकै समूहका युवाहरूले अभिषेकमाथि छुरा हानेको प्रहरीले जनाएको छ ।  छुरा प्रहार र आक्रमणबाट अभिषेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् ।

छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ ।



प्रहरीले १८ वर्षीय निशान राई र पवन कार्कीलाई पक्राउ गरेको हो । घटनामा संलग्न रहेका अन्य भने फरार रहेका छन् । 



  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २०:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया