गण्डकीका मन्त्री थापाले भने : मेरो नियुक्तिको विरोध गर्नु कांग्रेसको कास्कीको राजनीति कमजोर बनाउने प्रयास

गण्डकी प्रदेशका नननियुक्त कानुन, सञ्चार तथा प्रदेशसभा मामिला्मन्त्री विन्दुकुमार थापाले मन्त्रीमा आफ्नो नियुक्तिबारे आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

मन्त्री थापाले विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेस पार्टी र आफूलाई जोडेर अनर्गल प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरेका छन् । केही सञ्चारमाध्यमले कांग्रेसको कास्कीको राजनीति कमजोर बनाउने र आफ्नो छवि धमिल्याउने प्रयत्न गरेको उनको आरोप छ । 

गण्डकी प्रदेशमा सुरुमा कांग्रेसका नेता डोबाटे विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरिएको, तर अन्तिम समयमा उनलाई हटाएर थापालाई मन्त्री बनाइएको भन्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको चौतर्फी आलोचना भएको थियो ।  

थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक भ्रम सिर्जना गर्न प्रतिपक्षी उद्यत रहेको भन्दै उनले पार्टीकै केही पदाधिकारीले आफ्नो व्यक्तिगत स्वार्थका खातिर केन्द्रीय नेतृत्वलाई आक्षेप आउने गरी महाधिवेशनलाई नै प्रभाव पार्ने गरी पार्टी नीति विपरीत नै गुटगत रूपमा आक्रमण गर्न खोजिरहेको स्पष्ट नै छ ।’ 

नेपाली कांग्रेसका लागि आफूले गरेको योगदान, प्रदेशसभा सदस्य निर्वाचित भएपछि सांसदको हैसियतमा संसदीय दलले दिएको जिम्मेवारीको पूर्ण सफल कार्यान्वयन गरेको उनको दाबी छ । 

लोकतन्त्र प्राप्तिको आन्दोलनमा लामो समय सहकार्य गरेका पार्टीका जिम्मेवार साथीहरू र आफूलाई जोडेर गरिएका अनर्गल प्रचारका भ्रममा नपर्न समेत मन्त्री थापाले आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २१:१५:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया