राप्रपाले उठाउँदै आएकाे मागबारे आवाज उठ्नु सकारात्मक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमतसंग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक रहेको बताएका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् । सोमबारै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले यी विषयमा जनमत संग्रह गर्नुपर्ने माग राखेका थिए । 

मिश्रको मागप्रति लक्षित गर्दै अध्यक्ष थापाले जनमतसंग्रहको आवाज उठ्नु सकारात्मक भएको बताएका हुन् । 

‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ती विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो,’ उनले लेखेका छन्, 
‘हामी सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदै छ ।’





  • प्रकाशित मिति : साउन ११, २०७८ साेमबार २१:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया