टोकियो ओलम्पिकः नेपाली पौडीबाज एलेक्सको आज प्रतिस्पर्धा

जापानको टोकियोमा जारी ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स)ले प्रतिस्पर्धा गर्दै छन् ।

उनले एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यो खेल आज दिउँसो नेपाली समयअनुसार पौने चार बजे हुँदै छ ।

पुरुष एक सय मिटर फ्रिस्टाइलमा उनी छैटौं लेनमा रहेका छन् ।

यो प्रतिस्पर्धामा अन्य छ देशका पौडीबाजले पनि सहभागिता जनाउने छन् । एलेक्ससँगै प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्याण्डका खेलाडी प्रतिस्पर्धामा उत्रिने हुन् ।





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ६:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया