सुटिङ र जुडो टोली नेपाल फर्कियो

टोकियो ओलम्पिकमा सहभागी भएको सुटिङ र जुडोका २ खेलाडीसहित ७ सदस्यीय टोली नेपाल फर्किएको छ ।

नेपाली टोली स्थानीय समय अनुसार सोमबार राति १० बजेको फ्लाइटमा स्वदेश फर्किएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

यो टोली कतारको दोहा हुँदै मंगलबार नेपाल आइपुग्ने छ । सुटिङ टोलीमा  खेलाडी कल्पना परियार, प्रशिक्षक असिम यादव र व्यवस्थापक प्रकाश शमशेर राणा छन् ।

जुडो टोलीमा खेलाडी सोनिया भट्ट, प्रशिक्षक सुर्यनारायण श्रेष्ठ, व्यवस्थापकमा तुलसा थापा र सुनीलकुमार श्रेष्ठ छन् ।

महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी कल्पनाले ६१६.८ अंक जोड्दै आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरे पनि अघिल्लो चरणमा स्थान बनाउन सकिनन् ।

यसअघि उनले १३ औँ सागमा ६१४.५ अंक जोड्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । कल्पना ५० जना सहभागी छनोट चरणमा ४६ औँ स्थानमा रहिन् । महिला ४८ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गरेकी सोनिया पहिलो खेलमै रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भइन् ।





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ७:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया