कोरोना भाइरसबाट कुन देशमा कति मृत्यु ?

कोरोना भाइरसको कहर संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसले रोकिने नाम लिएको छैन । भाइरसका अनेकन भेरियन्ट देखिएका छन् । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ४१ लाख ६६ हजार ९६७ जनाले ज्यान गुमाइसकेका छन् भने १९ करोड ४६ लाख ७१ हजार ४१३ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १० हजार ९५१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा भाइरसबाट ज्यान गुमाउनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ५० हजार ५०२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

छिमेकी मुलुक भारत मृत्युको हिसाबले विश्वको तेस्रो स्थानमा छ । यहाँ हालसम्म ४ लाख २० हजार ९६७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

यसैगरी मेक्सिकोमा २ लाख ३८ हजार ५९५, पेरुमा १ लाख ९५ हजार ८९०, रुसमा १ लाख ५२ हजार ६९, बेलायतमा १ लाख २९ हजार ४६०, इटालीमा १ लाख २७ हजार ९७१ र कोलम्बियामा १ लाख १९ हजार १८२ जनाले ज्यान गुमाइसकेका छन् । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ९:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया