आज(मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्र पढेर सुनाउने छन् ।
यसैगरी आजको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/२०७७ पेश गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।