टोकियो ओलम्पिक : नेपाली एथ्लेटिक्स टोली व्यवस्थापकबिहीन

यसपटकको ओलम्पिकमा नेपालले सहभागिता जनाएको मध्य सबैभन्दा विवाद र चर्चा आएको खेल हो एथ्लेटिक्स। कहिले खेलाडी त कहिले पशिक्षकका कारण यो खेल विवाद र चर्चामा आइरह्यो। अन्तत यो टोली व्यवस्थापक बिहीन बनेको छ। 

सुरुमा टोकियो ओलम्पिक जाने नेपाली टोली घोषणा गर्दा नेपाल ओलम्पिक कमिटीले आफ्ना उपमहासचिव पिताम्बर तिम्सिना र राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष शिव कोइरालालाई एथ्लेटिक्स टोलीको व्यवस्थापक जिम्मेवारी सुम्पिएको थियो।

कोइरालाले पहिले नै आफू टोकियो जान नसक्ने बताइसकेका थिए। हाल अमेरिकामा रहेका तिम्सिनाले उतैबाट ओलम्पिकमा जाने बताएका थिए। अन्तिम समयमा उनी प्रतियोगितामा सहभागी हुन नसक्ने बताएपछि एथ्लेटिक्स टोली व्यवस्थापकबिहीन बनेको हो। 

तिम्सिनाले पोस्ट गरेका छन् ‘विभिन्न कारणले टोकियो ओलम्पिकमा सहभागी हुन नसकेको जनकारी गराउँद छु।’टोकियो ओलम्पिक नेपालको तर्फबाट सरस्वती चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्दैछिन्। 
 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ११:८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया