चलचित्र छायांकनका क्रममा घाइते भए विराज भट्ट

चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घाइते भएका छन् । उनी भोजपुरी चलचित्र ‘आक्रोश’ छायांकनका क्रममा घाइते भएका हुन् । भट्ट घाइते भएपछि 
भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको छ ।

चलचित्रका लागि ‘एक्सन स्टन्ट’ गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ । उनको खुट्टामा रगत जमेका कारण दुई साता आराम गर्न डाक्टरले सुझाएका छन्।

सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ । ४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको छ ।

नेपाली चलचित्रमा काम गर्दागर्दै भोजपुरी चलचित्रमा लागेका यी अभिनेताले केही वर्ष अघि ‘जय परशुराम’ मार्फत नेपाली चलचित्रमा कमब्याक गरेका थिए  । चलचित्र हिट हुन नसकेपछि उनी पुनः भोजपुरी चलचित्रमै फर्किएका छन् ।

 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार ११:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया