यौन शोषण गरेको आरोपमा ट्राफिक प्रहरीका असई पक्राउ

भोजपुरकी एक महिलालाई यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका एक असईलाइ झापाकाे प्रहरीले पक्राउ गरेको छ।

ट्राफिक प्रहरी पोस्ट झापा केर्खामा कार्यरत असई जितेन्द्रनारायण मण्डल विरुद्ध  साउन ८ गते ती महिलाले किटानी जाहेरी दिएकी थिइन् । 

मण्डलले विगत ४ वर्षदेखि यौन शोषण  र करणीसमेत गरेको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जितेन्द्रनारायण मण्डल विरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक संजय सिंह थापाले बताए ।  

जाहेरी दर्ता भएपछि अनुसन्धानको लागि मण्डललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । 

२३ वर्षीया महिलाले आफूलाई  अन्तिम पटक २०७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा जबरजस्ती करणी गरेको आरोप  लगाएकी छन्।

महिलाले दिएको उजुरीमा  मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि यौन शोषण गरेको उल्लेख गरेकी छन् । 



जाहेरीमा मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको उल्लेख छ  ।

महिलाले मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको बताइन् । गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको महिलाको दाबी छ ।



मण्डल विरुद्ध जबरजस्ती करणीको जाहेरी परेकाले पक्राउ गरी थप अनुसन्धान गरिरहेकाे सुनसरीका प्रहरी प्रमुख थापाले जानकारी दिए । 

  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १३:०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया