कास्कीमा युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

कास्कीमा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने माछापुच्छ्रे गाउँपालिका २५ नयाँगाउँ घर भएका ३२ वर्षीय हर्कबहादुर विक रहेका छन् । 

विकले ती युवतीलाई ललाइफकाइ प्रलोभनमा पारी जबरजस्ती करणी गरेको प्राप्त जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उनीमाथि करणीसम्बन्धी कसुर मुद्यामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १५:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया