टोकियो ओलम्पिक महिला फुटबल : स्विडेनको लगातार तेस्रो जित

जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलमा स्विडेनले लगातार तेस्रो जित निकालेको छ । उसले मंगलबार मियागी स्टेडियममा न्युजिल्यान्डमाथि २–० को जित दर्ता गरेको हो । 

स्विडेनलाई जित दिलाउन आना एन्भिगार्ड र मेडेली जानोगीले समान १–१ गोल गरे । 

खेलको १७औँ मिनेटमा एन्भिगार्डले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । ३०औँ मिनेटमा जानोगीले गोल गर्दै टोलीलाई लगातार तेस्रो जित दिलाइन् ।

स्विडेनले पहिलो खेलमा अमेरिकालाई ३–० र दोस्रो खेलमा अस्ट्रेलियालाई ४–२ ले पराजित गरेको थियो ।

यो न्युजिल्यान्डको लगातार तेस्रो हार हो । उसले पहिलो खेलमा अस्ट्रेलियासँग २–१ र दोस्रो खेलमा अमेरिकासँग ६–१ ले पारजित भएको थियो ।  

मंगलबार नै भएको अर्को खेलमा अमेरिका र अस्ट्रेलियाले गोलरहित बराबरी खेलेका छन् । 
 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १६:१४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया