टोकियो ओलम्पिक : राष्ट्रिय कीर्तिमान बनाए पनि पहिलो चरणबाटै बाहिरिए एलेक्स

टोकियो ओलम्पिकमा नेपालका पौडीवाज एलेक्स शाहले राष्ट्रिय कीर्तिमान सहित हिट १ जितेका छन् । 


उनले टोकियो एक्वेटिक एरिनामा पुरुष १०० मिटर फ्रिस्टाइलमा ५३.४१ सेकेन्डको समय निकाल्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् । 


७ खेलाडी रहेको हिट १ को विजेता बने पनि एलेक्सले अन्य हिटका खेलाडीले उनको भन्दा राम्रो समय निकाल्दा सेमिफाइनलमा स्थान बनाउन भने सकेनन् ।

 
यस स्पर्धामा ७१ खेलाडीले सहभागिता जनाएकोमा उत्कृष्ट समय निकाल्ने १६ जनाले सेमिफाइनलमा स्थान सुरक्षित गरे । 
 





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १६:२६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया