यो सरकारलाई अघिल्लो सरकारलाई जस्तो बाहिर सिंहजस्तो जर्गिने, भित्र लम्पसार पर्ने छुट छैन : गगन थापा

कांग्रेस सांसद गगन थापाले पुरानो सरकारले झैँ बाहिर सिंहजस्तो गर्जिने, तर भित्र लम्पसार पर्ने प्रवृत्ति नदोहोर्याउन सरकारलाई खबरदारी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै थापाले यस्तो वर्तमान सरकारलाई यस्तो छुट नहुने बताएका हुन् । उनले मनोमानी ढंगले संसद् स्थगित गर्न पनि अब नदिइने बताए ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै थापाले भने, ‘संसद्लाई हेप्ने अदालतलाई थर्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय सरकारलाई पंगु बनाउने जनताको दुहाई दिने तर आसेपासे पोस्ने बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार पर्ने यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुग्यो अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो अपराध गर्ने छुट छैन ।’





  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार १६:५८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया