‘ए’ डिभिजन क्लब मनाङ मस्र्याङ्दीले पनि अब एकेडेमी सञ्चालन गर्ने भएको छ । क्लबले एकेडेमी सञ्चालनका लागि मंगलबार पोखराको नेपाल आदर्श आवासीय विद्यालयसँग ६ वर्षको सम्झौता गरेको हो ।
पोखरमा सम्पन्न एक कार्यक्रममा क्लब, विद्यालय र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
मनाङका उपाध्यक्ष कर्मा छिरिङ गुरुङ, विद्यालयका प्रिन्सिपल कमल गुङरु र एन्फा उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका संयोजक उपेन्द्रमान सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार पहिलो वर्ष १४ मध्ये ७ खेलाडीलाई एकेडेमीमा राखिनेछ । उनीहरुले विद्यालयबाट पढ्न छात्रवृत्ति र क्लबसँग अभ्यास गर्ने अवसर पाउनेछन् ।
दोस्रो वर्ष क्लबले थप १४ खेलाडी उपलब्ध गराउनेछ, त्यसपछि २१ खेलाडीले विद्यालयमा अध्यायनसँगै प्रशिक्षण लिनेछन् ।
मनाङ एकेडेमी सञ्चालन गर्ने विभागबाहिरको चौथो क्लब बनेको छ । यसअघि संकटाले नेक्सस, न्यरोड टिम (एनआरटी)ले ल्याब्रोटरी र सात दोबाटो युथ क्लबले लिटिल एन्जल्स (एलए) स्कुलसँग एकेडेमी सञ्चालनका लागि सम्झौता गरेका थिए ।
तीन विभागीय टोली नेपाल एपिएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले भने एकेडेमी सुरु गरिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।