नेपाली कथानक लघु चलचित्र सुख–दुःख सार्वजनिक

नेपाली कथानक लघु चलचित्र सुख–दुःख सार्वजनिक भएको छ । उक्त लघु चलचित्रमा पैसा मात्र सबैथोक होइन, सन्तानको साथ ठूलो कुरा हो भन्ने देखाइएको छ ।

केदार दवाडीको लेखन तथा निर्देशनमा निर्माण भएको उक्त लघु चलचित्रमा नेपाली परिवेशको सामाजिक जीवनका सुख–दुःखलाई समेटिएको छ । 

छोराछोरीलाई विकसित देश पठाउन लालायित हुने नेपाली समाजको कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । विकसित देशको भिसाका लागि जति पनि पैसा खर्च गर्न तयार हुने नेपाली मानसिकताको चित्रण गरिएको छ । 

छोराछोरी विदेशमा पठाएपछि बाबुआमाले बिरामी हुँदा पनि उनीहरुबाट साथ नपाएर तड्पिनुपर्ने अवस्थालाई प्रस्तुत गरिएको छ । पैसाका लागि बाबुआमाको अन्तिम अवस्थामा पनि बाबुआमासँग भेट गर्न नपाइने वर्तमान युवापुस्ताको पीडा लघु चलचित्रमा झल्काइएको छ । 

लघु चलचित्रमा निर्देशक दवाडी, गंगा मल्ल, विकास नेपाली, सरिता पन्त (सरु), नारायण नेपाली, प्रेम दियाली, नलप्रसाद सुवेदी, जयराम श्रेष्ठ, बुद्धिमान गुरुङलगायत कलाकारको अभिनय रहेको छ । 
चलचित्रको छायांकन मनोज चौधरीले गरेका छन् भने सम्पादन रेहान मियाको रहेको छ । मितेरी फिल्म्सको पोस्ट प्रोडक्सनमा निर्माण भएको उक्त लघु चलचित्र १५ मिनेटको छ । 






  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार २०:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया