प्रदेश १ का मुख्यमन्त्रीले थाले प्रदेशको नामका विषयमा छलफल

प्रदेश नं १ को नामकरणका लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन्  ।

नामको विषयमा छलफल नथालेको र प्रदेशको नामकरण गर्न ढिलाइ भएको भन्दै आलोचना खेपिरहेको राईले मंगलबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गरेका हुन् ।

यसै अधिवेशनबाट प्रदेशको नामकरणको सवाल टुंगोमा पुर्याउने भनेका मुख्यमन्त्रीले बजेट पास भएपछि भने नामका विषयमा यसअघि छलफल नै सुरु गरेका थिएनन् ।

मंगलबार भने प्रदेश १ को संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र र मञ्च सम्बद्ध संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताहरुसँग आज छलफल गरे ।

मुख्यमन्त्री राईले यसै अधिवेशनबाट नामको विषय टुंग्याउन सहमति जुटाउन पहलकदमी लिन छलफलमा दलका नेताहरुले आग्रह गरे ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने बताए । नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर आउने बताए ।



नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुख्यमन्त्रीले आइसब्रेक गरेको बताए । ‘नामको विषयमा मुख्यमन्त्रीले छलफल थालेर सकारात्मक कामको थालनी गर्नुभयो,’ फरकधारसँग कुरा गर्दै कोइरालाले भने, ‘हामी पार्टीभित्र छलफल गरेर आउँछौँ भनेको छौँ । अब हामी पनि दलभित्र नामकरणका विषयमा छलफल गर्छौं । नामकरणका विषयमा कांग्रेसले साझा धारणा बनाउने उनले बताए ।

नेकपा माओवादीका नेता कुलप्रसाद साम्बाले आफ्नो दलमा छलफल गरेर साझा धारणा तय गरिने बताए । छलफलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु सुब्बासमेत सहभागी थिइन् ।



  • प्रकाशित मिति : साउन १२, २०७८ मंगलबार २०:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया