बर्मुडा बन्यो ओलम्पिकमा स्वर्ण पदक जित्ने विश्वकै सबैभन्दा सानो देश

मंगलबार टोकियो ओलम्पिकमा बर्मुडाकी फ्लोरा डुफेले महिला ट्रायथलनकाे एकल स्पर्धामा स्वर्ण पदक जितिन् । 

डुफेको जितसँगै बर्मुडा ओलम्पिकमा स्वर्ण पदक जित्ने विश्वकै सबैभन्दा सानो देशको कीर्तिमान रच्न सफल भयो । विश्व बैंककाे सन् २०१९ काे तथ्यांक अनुसार बर्मुडाको जनसंख्या जम्मा ६३ हजार ९१८ रहेको छ । 

यसभन्दा पहिला बर्मुडाले सन् १९७६ को ओलम्पिकमा कास्य पदक जितेको थियो । त्यसपछि बर्मुडा स्वर्ण पदकको खोजीमा थियो । 

३३ वर्षीया डुफेले स्वर्ण जितेपछि भनिन्,‘मलाई लाग्छ कि पूरै बर्मुडा खुशी मनाइरहेको छ । यो कुरा मेरा लागि निकै नै महत्वपूर्ण छ किनभने यो मेरो सपना थियो । तर मलाई यो पनि थाहा थियो कि यो मभन्दा निकै महत्वपूर्ण थियो ।’

डुफेले १ घन्टा ५५ मिनेट ३६ सेकेन्डको समय निकाल्दै ऐतिहासिक स्वर्ण हात पारेकी हुन् । यो स्पर्धामा बेलायतकी जर्जिया टेलर ब्राउनले रजत र अमेरिकाकी केटी जाफरेसले कास्य पदक जिते । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार ७:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया