अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन भारतको राजधानी दिल्ली पुगेका छन् ।
ब्लिनकेन दुई दिने भ्रमणको क्रममा मंगबार दिल्ली पुगेका हुन् ।
समाजार एजेन्सी पिटिआईका अनुसार दुई दिने भ्रमणमा ब्लिनकेनको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग हुनेछ ।
विदेश मन्त्रालयले आफ्नो बयानमा भारतलाई इन्डो प्यासिफिक क्षेत्रमध्ये महत्वपूर्ण साझेदार बताएको छ ।
भारत विश्वको शक्तिशाली मुलुकमध्येकाे एक बन्ने कुरामा पूर्ण समर्थन रहेकाे पनि मन्त्रालयले जानकारी दिएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।