कोरोना भाइरसको कहर संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसले रोकिने नाम लिएको छैन । भाइरसका अनेकन भेरियन्ट देखिएका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ४१ लाख ७६ हजार ६०५ जनाले ज्यान गुमाइसकेका छन् भने १९ करोड ५२ लाख ६५ हजार ११२ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ११ हजार ४०९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
अमेरिकापछि ब्राजिलमा भाइरसबाट ज्यान गुमाउनेको संख्या धेरै रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ५१ हजार ८३५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
छिमेकी मुलुक भारत मृत्युको हिसाबले विश्वको तेस्रो स्थानमा छ । यहाँ हालसम्म ४ लाख २१ हजार ३८२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
यसैगरी मेक्सिकोमा २ लाख ३९ हजार ७९, पेरुमा १ लाख ९५ हजार ८९०, रुसमा १ लाख ५२ हजार ८३६, बेलायतमा १ लाख २९ हजार ५९१, इटालीमा १ लाख २७ हजार ९९५ र कोलम्बियामा १ लाख १९ हजार ५८२ जनाले ज्यान गुमाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।