सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ३ भेल्हीको एक पोखरीमा तीन जनाको शव भेटिएको छ । यीमध्ये एउटा शव नौ दिनको शिशुको रहेको प्रहरीले जनाएको छ ।
स्थानीय २६ वर्षकी रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनको छोराको शव पोखरीमा भेटिएको हो ।
तीन जनाको शव स्थानीयले पोखरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
रिकेवादेवीका श्रीमान अहिले प्रहरी सम्पर्कमा छैनन् । उनको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।