१२ कक्षाको परीक्षा होम सेन्टरबाटै

कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै १२ कक्षाको परीक्षा होम सेन्टरबाटै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा होम सेन्टरबाट नै गर्ने निर्णय गरेको हो ।

बुधबार संसदकोे शिक्षा तथा स्वास्थ्य समिति बैठकमा यो निर्णय गरिएको हो । 

कतिपय ठाउँमा यातायातको व्यवस्था नभएको र बाहिर जान विद्यार्थीहरुलाई कोरोनाको थप जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको हो ।

यसअघि १० कक्षाको परीक्षा आन्तरिक मूल्यांकनबाट गरिने भएको छ । १२ कक्षाको परीक्षा चाहिँ भौतिक उपस्थितिमा नै दिनु पर्ने सुझाव आएकाले परीक्षा लिन लागिएको परीक्षा बोर्डले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १२:२४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया