नेपाल आइडलको निर्णायकमा कसको सम्भावना कति ?

गायन रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो सिजन सकिएको केही समय भयो । नेपाल आइडलको चौथो सिजनको बल्ल चर्चा सुरु भएको छ । चौथो सिजनको चर्चासँगै उक्त सोमा को निर्णायक बस्ने भन्ने चर्चा पनि सुरु भएको छ ।

‘नेपाल आइडल’को पहिलो सिजनबाट तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायकका रूपमा थिए । चौथो सिजनमा भने यी चारैजना निर्णायकका रूपमा नदेखिने भएका छन् । उनीहरूसँग तीन सिजनका लागि मात्रै सम्झौता गरिएको आयोजकले बताइसकेको छ ।

नयाँ सिजनमा चारैजना निर्णायक नयाँ हुनेछन् । तर, अहिलेसम्म कसलाई निर्णायकका रूपमा ल्याउने भन्ने बारेमा कुनै टुंगो लागेको छैन । केही गायक गायिकासँग भने कुरा भइरहेको नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए ।

नेपाल आइडलको यो सिजनमा निर्णायकका रूपमा गायक सुगम पोखरेल आउने सम्भावना देखिएको छ । उनीसँग पहिलो सिजनमै कुरा भएको थियो । त्यतिबेला सुगमले नेपाल आइडलको निर्णायकका लागि आएको प्रस्ताव अस्वीकार गरेका थिए । यो सिजनमा भने सुगमले उक्त प्रस्ताव स्वीकारेको जानकारी प्राप्त भएको छ । तथापि उनीसँग सम्झौता भने भैसकेको छैन ।

यस्तै अन्य निर्णायकका लागि शम्भुजित बास्कोटा र उदय सोताङसँग पनि छलफल भइरहेको खबर सार्वजनिक भएको छ । बास्कोटा र सोताङले प्रस्ताव अस्वीकार गरेको खण्डमा गायक रामकृष्ण ढकाल र राजेश पायल राईसँग छलफल गर्ने तयारीमा आइडल परिवार रहेको छ । महिला निर्णायकका लागि भने मिलन नेवार र मेलिना राईसँग छलफल चलिरहेको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १३:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया