गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको मुसीकोट नगरपालिका-४ दाेभानमा लु१ज ४५५९ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जिप चन्द्रकोट गाउँपालिकाकाे शान्तिपुरबाट सदरमुकाम तम्घासतर्फ जाँदै थियो । प्रहरीका अनुसार जिपमा १० जना यात्रु थिए ।
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका-४ का तेजेन्द्र थापा र वडा नम्बर-५ हरेवाका रेशम कार्की रहेका छन् । एकजना मृतककाे पहिचान खुल्न सकेकाे छैन ।
दुर्घटनामा परी एक जनाकाे अवस्था गम्भीर रहेकाे छ । घाइतेलाई जिल्ला अस्पतालमा तम्घासमा ल्याइएकाे प्रहरीले जनाएकाे छ ।
जिप सडकबाट करिब ५०० मिटर तल खसेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।