टोकियो ओलम्पिक : पहिलो चरणबाटै बाहिरिइन् गौरिका
फरकधार / १३ साउन, २०७८
फाइल तस्बिर

टोकियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंह पहिलो चरणबाटै बाहिरिएकी छन् । 



टोकियो एक्वेटिक एरिनामा बुधबार महिला १०० मिटर फ्रि-स्टाइलमा १ मिनेट शून्य दशमलव ११ सेकेन्डको समय निकाल्दै गौरिका ४ खेलाडी रहेको हिट वानको तेस्रो स्थानमा रहिन् । 

निकै अपेक्षा गरिएको भए पनि उनले आफ्ना नाममा रहेको राष्ट्रिय कीर्तिमानलाई भने पछ्याउन सकिनन् ।

गौरिकाले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा ५८.१३ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । 



५१ खेलाडी रहेको हिट चरणबाट उत्कृष्ट समय निकाल्ने १६ जनाले सेमिफाइनलमा स्थान बनाउन सके । 

  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १६:१७:१०,   अन्तिम अपडेट : साउन १३, २०७८ बुधबार १६:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया