गोकुल बाँस्कोटाको व्यङ्ग्य : अग्रगामी मोर्चाले खुरुक्क एमसिसी पास गरे हुन्छ नि !
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ गठबन्धनलाई व्यङ्ग्य गर्दै एमसिसी सदनमा पेस गरेर पास गर्नका लागि सुझाव दिएका छन् । 

बाँस्कोटाले झण्डै दुईतिहाइको परमादेश देउवा सरकार भन्दै शेर बहादुर देउवा नेतृत्वको सरकारमाथि व्यङ्ग्य गरेका हुन् । उनले विभिन्न दाउपेच गरिरहनु भन्दा खुरुक्क संसदमा प्रस्ताव पेस गर्न उनको सुझाव छ ।

बाँस्कोटा लेख्छन्, ‘एमसिसी परियोजनाका विषयमा राजनीतिक दाउपेच गरिरहनुभन्दा खुरुक्क संसदमा प्रस्ताव पेस गरे हुन्छ नि झन्नै दुई तिहाईको परमादेश देउवा सरकारले ।’

यसअघि, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा एमसिसी तत्काल पेस गर्नका लागि देउवाले नै संसदमा बेल घेर्न लगाएको बाँस्कोटाले बताए । उनले अहिले देउवाकै सरकार भएको भन्दै संसदमा पेस गर्न चुनौती दिए । 

ओलीलाई सरकारबाट हटाएपछि एमसिसी पास गरिदिनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवालाई वचन दिएको बाँस्कोटाको आरोप छ । उनले लेखेका छन्, 'ओली हटाएपछि पास गरिदिने विश्वास दिलाउने प्रचण्ड समेतको अग्रगामी मोर्चामै छ हैन सजमो पनि ?'



 

 



  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १६:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया