सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण पदमा बहाल भएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठले अवकाश पाएका छन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासबाट पदबहाली गरेका श्रेष्ठ फेरि पदमुक्त भएका हुन् ।
यसअघि, मन्त्रिपरिषद्ले उनको कार्यावधि नथपेपछि डिआइजीमा एक वर्ष म्याद थप नभएको भन्दै श्रेष्ठ अदालत पुगेका थिए । तर, अदालतबाट पदबहाली भएको एक सातामै फेरि उनी अदालतबाटै पदमुक्त भएका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले आज यसअघि न्यायाधीश सिन्हाको इजलासले दिएको आदेश उल्टाउँदै पुनर्बहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।