ओलम्पिक पुरुष फुटबल : जितसँगै ब्राजिल क्वाटरफाइनलमा

टोकियो ओलम्पिक अन्तर्गत बुधबार भएको पुरुष फुटबलमा ब्राजिल विजयी भएको छ । उसले सैतामा स्टेडियममा साउदी अरेबियामाथि ३-१ को जित निकाल्यो ।

ब्राजिलको जितमा रिचार्लिसनले २ र म्याथ्युज चुन्हाले १ गोल गरे । साउदीका अब्दुल्लाह अल अम्रीले १ गोल फर्काए । 

खेलको १४ औँ मिनेटमा चुन्हाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा अमिरीले गोल गर्दै साउदीलाई बराबरीमा ल्याए ।

रिचार्लिसनले ७६ औँ मिनेट र थप गरिएको समयमा गोल गर्दै टोलीको जित पक्का गरे । 

जितसँगै ३ खेलबाट ७ अंक जोडेको ब्राजिल समूह ‘डी’को विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गरेको छ । 

आइभोरी कोस्ट र जर्मनीले १-१ को बराबरी खेले । यो बराबरीसँगै आइभोरी कोस्ट पनि ५ अंकका साथ समूह ‘डी’को उप विजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्दा जर्मनी बाहिरिएको छ । 



बुधबार नै भएका अन्य खेलमा दक्षिण कोरियाले होन्डुरसमाथि ६-० को फराकिलो जित दर्ता गर्दा न्युजिल्यान्ड र रोमानियाले गोल रहित बराबरी खेलेका छन् ।
समूह ‘बी’ बाट कोरियाले विजेता र न्युजिल्यान्डले उप विजेताका रुपमा क्वाटरफाइलमा स्थान सुरक्षित गरे । 

ओलम्पिक पुरुष फुटबलमा यु-२३ टिमको सहभागिता रहने गरेको छ । 



  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १७:३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया