देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश

प्रधानमन्त्री शेर बहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले शुभकामना सन्देश पठाएका छन् । देउवालाई संसदमा विश्वासको मत लिएपछि समकक्षीले बधाई सन्देश पठाएका हुन् ।

बधाई सन्देशमा नेपाल र चीनको सम्बन्ध सुमधुर रहेको भन्दै देउवाको कार्यकालमा उक्त सम्बन्ध थप सुदृढ हुने विश्वास चिनियाँ प्रधानमन्त्री लीले व्यक्त गरेका छन् । 

चिनियाँ प्रधानमन्त्री लीले देउवालाई बधाई सन्देश पठाएको नेपालस्थित चिनियाँ दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ । 

चिनियाँ प्रधानमन्त्री लीले देउवासँग मिलेर काम गर्न इच्छुक रहेको र देउवा कार्यकालमा नेपाल चीन सम्बन्ध थप उचाइमा पुग्ने सन्देशमा विश्वास व्यक्त गरेका दूतावासले जारी गरेको विज्ञप्तिमा जनाएको छ । 





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १८:४०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया