गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

नयाँ नियुक्त भएका दुई जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी र लुम्बिनीमा नियुक्त भएका प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

हिजो मंगलबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । 

केपी शर्मा ओली हटेसँगै बनेको नयाँ सरकारमा सहभागी दलको भागबण्डाअनुसार गुरुङ नेपाली कांग्रेस र शेरचन माओवादी कोटाबाट नियुक्त भएको बताइएको छ । 

शेरचन यसअघि गण्डकी प्रदेशमा प्रदेश प्रमुख भइसकेका हुन् भने गुरुङ कांग्रेसका चितवन जिल्ला सभापति भइसकेका व्यक्ति हुन् ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार १९:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया