प्रदेश १ मा एक हजार १८० जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक हजार १८० जनामा कोरोना संक्रमण देखिएको छ । दुई हजार १२४ जनाको पिसिआर परीक्षण गर्दा ६७८ र एक हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २६६, मोरङमा १८८, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा ५–५, इलाममा ४, भोजपुरमा ३, ताप्लेजुङ, ओखलढुंगा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ७४, बिर्तामोडमा ५७, भद्रपुरमा ३९, मेचीनगरमा २४, कन्काईमा १७, अर्जुनधारामा १४, शिवसताक्षीमा १३, बाह्रदशीमा ११, बुद्धशान्तिमा ६, कमल गाउँपालिकामा ५, हल्दिबारीमा ४, गौरादहमा २, मोरङको लेटाङमा ५०, विराटनगरमा ४१, बेलबारीमा ३९, केराबारीमा २९, सुन्दरहरैचामा ९, उर्लाबारीमा ५, बुढीगंगा, ग्रामथान, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण पुष्टि भएको छ ।  

कटहरी, मिक्लाजुङ, रतुवामाई, रंगेली, कानेपोखरी, धनपालथान र सुनवर्षीमा १–१, सुनसरीको धरानमा ११७, इटहरीमा ४४, रामधुनीमा ५, बराहक्षेत्रमा ३, इनरुवामा २, देवानगन्ज र बर्जुमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा ४, सहिदभूमी, छथर र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा र उदयपुरगढीमा २–२, चौदण्डीगढीमा १, तेह्रथुमको म्याङलुङमा ३, आठराई र स्थानीय तह नखुलेका १–१जनामा कोरोना पुष्टि भएको छ । 

त्यसैगरी, इलामको इलाम नगरपालिकामा २, चुलाचुली र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका, षडानन्द र अरुणमा १–१, ताप्लेजुङ र ओखलढुङ्गा र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।  संक्रमणमुक्त हुनेमा १ सय महिला र १०१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०७८ बुधबार २०:२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया