आज विश्व बाघ दिवस

आज २९ जुलाई अर्थात् विश्व बाघ दिवस । आजको दिन विश्व बाघ दिवस मनाइने गरिन्छ । बाघको संख्या घट्दै गएकाले यसको संरक्षण गर्नका लागि विश्व बाघ दिवस मनाउन थालिएको हो । 

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित शिखर सम्मेलनले हरेक वर्ष २९ जुलाईमा विश्व बाघ दिवस मनाउने घोषणा गरेको थियो । उक्त सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । नेपालले विसं २०६७ सालदेखि बाघ दिवस मनाउँदै आएको छ।

सन् २००९ मा नेपालमा १२१ वटा बाघ थिए । सन् २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २३५ पुगेको छ । नेपालले २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने लक्ष्य लिएको छ ।

तर बाघको चोरी शिकारी, मानवीय आतंक, वन अतिक्रमण लगायतका विभिन्न कारणले बाघको संरक्षणमा चुनौती देखिएको छ । 

सन् २०१६ को तथ्यांक अनुसार सबैभन्दा धेरै बाघ भारतमा रहेका छन् । भारतमा दुई हजार २२६ बाघ रहेका छन् । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार ७:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया