कोरोना भाइरसबाट कुन देशमा कतिको मृत्यु ?
फरकधार / १४ साउन, २०७८

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 



जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४१ लाख ८६ हजार ३१९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने १९ करोड ५८ लाख ८९ हजार ९२० जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ११ हजार ७८० जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ५३ हजार १७९ जनाले ज्यान गुमाइसकेका छन् । 



छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २२ हजार २२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 

यसैगरी मेक्सिकोमा २ लाख ३९ हजार ६१६, पेरुमा १ लाख ९६ हजार १३८, रुसमा १ लाख ५३ हजार ६२०, बेलायतमा १ लाख २९ हजार ७१८, इटालीमा १ लाख २८ हजार १० र कोलम्बियामा १ लाख १९ हजार ८०१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । 
 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार ९:२२:१४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया