मध्यपश्चिम विश्वविद्यालयको मुल गेटमा प्राध्यापकहरूको धर्ना

मध्यपश्चिम विश्वविद्यालयको मुल गेटमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनले धर्ना तथा भण्डाफोर कार्यक्रम गरेको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पस प्रशासन तथा उपकुलपतिको कार्यशैलीविरुद्ध उक्त कार्यक्रम गरेको हो।

पूर्व योजना अनुरुप आन्दोलनलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय प्राध्यापक संगठनले क्याम्पसका उपकुलपति नन्द बहादुर सिंहको कार्यशैलीको विरोध जनाएका छन्। 

क्याम्पसमा विद्यार्थीले पाउनुपर्ने सेवा उपकुलपतिले कटौती गरेको आरोप उनीहरुले लगाएका छन् । क्याम्पसको पठनपाठन ठप्प पारेर आन्दोलित हुनुपर्ने आफूहरुको बाध्यता रहेको प्राध्यापक भीम बहादुर खड्काले बताए।

विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने मनसाय आफूहरुको नरहेको जिकिर गर्दै  उनले विद्यार्थी, प्राध्यापक तथा कर्मचारीका जाहेज मागहरु तत्काल सम्वोधन गर्ने माग गरे।

जाहेज मागहरुको तत्काल सम्वोधन नभए थप क्षति व्यहोर्नु पर्ने चेतावनी समेत दिए।

केहीदिन यता क्याम्पसका सम्पूर्ण सेवा ठप्प छन्। क्याम्पसमा लगाइएको ताला खुल्न सकेको छैन्। कोरोनाले सिथिल बनेको शैक्षिक क्षेत्र पुनः आन्दोलन र धर्नाको चपेटामा परेको छ।





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १०:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया