जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत महिला ४ गुणा २०० मिटर फ्रि-स्टायल पौडीमा चीनले विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पारेको छ ।
चीनले बिहीबार बिहान टोकियो एक्वेटिक सेन्टरमा ७ मिनेट ४०.३३ सेकेन्डको समय निकाल्दै नयाँ विश्व कीर्तिमान कायम गरेको हो ।
यसअघि ७ मिनेट ४१.५० सेकेन्डको समय निकाल्दै अस्ट्रेलियाले विश्व कीर्तिमान कायम गरेको थियो ।
यो स्पर्धामा ७ मिनेट ४०.७३ सेकेन्डको समय निकाल्दै अमेरिकाले रजत र ७ मिनेट ४१.२९ सेकेन्डको समय निकालेको अस्ट्रेलियाले कास्य पदक हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।