ओलम्पिक चलिरहँदा टोकियोमा बढे कोरोना संक्रमित

३२ औँ ग्रिष्मकालीन ओलम्पिक अहिले जापानको टोकियोमा चलिरहेको छ । ओलम्पिक चलिरहँदा टोकियोमा एकै दिनमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित फेला परेका छन् । 

टोकियोमा बुधबार एक दिनमा नै ३ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या टोकियोमा एकै दिन फेला परेका संक्रमितहरुको हालसम्मकै उच्च रेकर्ड रहेको टोकियो महानगरले जनाएको छ । 

ओलम्पिक जारी रहेको अवस्थामा मंगलबार पनि २ हजार ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

टोकियोमा ओलम्पिक जारी रहँदा दिनानुदिन संक्रमितको संख्या पनि बढ्दै गएको छ । दिनमा नै यति धेरै दैनिक अत्यधिक मात्रामा संक्रमितको संख्या बढ्नुमा ओलम्पिकको प्रभाव रहेको टोकियो महानगरले जनाएको छ । 

ओलम्पिकका खेलका लागि उपस्थितहरुको चहलपहलका कारण संक्रमणदर बढेको हो । २०२० मा हुनुपर्ने ओलम्पिक प्रतियोगिता कोरोना भाइरस महामारीका कारण सरेर अहिले भएको हो । 

टोकियोमा बढेको चहलपहल तथा संक्रमण दरले टोकियोमा यसवर्ष पनि महामारी थप बढ्ने संकेत देखाएको छ । जापानको केन्द्रीय सरकारले यही जुलाई १२ देखि अगस्ट २२ सम्मको लागि चौंथो चरणको संकट घोषणा गरेको छ ।



टोकियोका बार तथा रेस्टुरेन्टहरुमा मादक पदार्थ बिक्रि वितरण गर्न प्रतिबन्ध लगाइसकेको छ । टोकियो सहरमा बेलुका पसलहरु बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । 

ओलम्पिक खेलकुद प्रतियोगिताका लागि टोकियोमा लाखौँ खेलाडी, पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमीहरुको उपस्थिति रहेको छ । टोकियो ओलम्पिकमा सहभागीमध्ये अहिलेसम्म १७४ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।



  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १३:४१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया