प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सुरु गरेका छन् । उनले पार्टीबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बोलाएका छन् ।
देउवा निवास बूढानिलकण्ठमा अहिले बसिरहेको पदाधिकारी बैठकले सरकारमा कसकसलाई मन्त्री बनाउने भन्ने विषयमा टुंगो लगाउने स्रोतको दाबी छ ।
‘यसअघि सरकारमा कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा छलफल भइसकेको छ,’ देउवानिकट एक नेताले फरकधारलाई बताए, ‘कांग्रेसले यो सरकारमा कसकसलाई मन्त्री बनाउने भन्ने आजै टुंगो लगाउने छ ।’
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले यही साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । उनले यसका लागि सत्ता साझेदार दलहरुलाई मन्त्रीको नाम पठाउन पनि अनुरोध गरेका छन् ।
‘आजै साँझ मन्त्रीहरुको सपथ हुनसक्छ,’ ती नेताले भने, ‘आज भएन भने शुक्रबार साँझसम्म पक्कै हुनेछ ।’
यसअघि गठबन्धनको बैठकमा नेपाली कांग्रेसले यो सरकारमा प्रधानमन्त्रीसहित ८ जनाको प्रतिनिधित्व गराउने छ । सरकारमा सामेल हुने माओवादी केन्द्र र जसपाबाट ७—७ जना मन्त्री हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।