नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका हुन् ।
केहीबेर अघि कोटेश्वर पुगेका प्रचण्डले आज भएको गठबन्धनको बैठकका निर्णयबारे नेपाललाई ब्रिफ गर्दैछन् ।
आज विहान बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो । यसअघि पाँच दलीय गठबन्धनको बैठकमा नेपालका पनि प्रतिनिधि हुने गरेका थिए । तर, आजको बैठकमा नेपालका प्रतिनिधि थिएनन् ।
आज भएको गठबन्धनको बैठकले मन्त्रालयहरुको बाँडफाँडबारे छलफल गरेको थियो ।
नेपाल समूहलाई पनि सरकारमा आउन प्रचण्डले यसअघि पनि अनुरोध गरेका थिए । आजको भेटमा पनि प्रचण्डले नेपाल समूहलाई बैठकमा आउन अनुरोध गर्ने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।