टोकियो ओलम्पिक : अमेरिकन पौडीबाज सेलेब ड्रेसलले बनाए रेकर्ड

अमेरिकन पौडीबाज सेलेब ड्रेलीले १०० मिटर फ्रिस्टाइलमा ओलम्पिक रेकर्ड बनाएका छन् । १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेका उनले नयाँ रेकर्ड बनाएका हुन् ।

उनले निर्धारित दूरी ४७.०२ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारेका हुन् । सेलेब १०० मिटर फ्रिस्टाइलमा विश्व च्याम्पियन समेत बनिसकेका छन् । 

सेलेबले ४ सय मिटर रिलेमा समेत सोमबार स्वर्ण जितेका थिए । यससँगै उनको टोकियो ओलम्पिकको यो दोस्रो स्वर्ण हो । 

उनी व्यक्तिगत पौडीमा समेत एकदमै सफल खेलाडी मानिन्छन् । उनले व्यक्तिगत विधामा विभिन्न अन्तराष्ट्रिय पदकहरु आफ्नो नाममा लेखाएका छन् । 





  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १६:१२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया